उत्पति अडियो बाईबल

उत्पतिको पुस्तक परिचय

यो उत्‍पतिको पुस्‍तक बाइबलको सबै भन्‍दा पहिलो पुस्‍तक हो। यो पुस्‍तकले स्‍वर्ग, पृथ्‍वी, मानिसहरु र पाप कसरी निस्‍कियो अनि परमेश्‍वरले मानिसहरु सित के के कुरा गर्नुभयो र के के काम गर्नुभयो भन्‍ने कुराहरु बताउँदछ।

यो पुस्‍तकलाई दुई भागमा बिभाजन गरी अध्‍यायन तथा सु्न्न  सकिन्‍छ।

पहिलो १-११ अध्‍यायमा स्‍वर्ग र पृथ्‍वी बनाएको अनि मानिसहरुको बारेमा कुराहरु उल्‍लेख गरिएका छन्‌। यहाँ सबै भन्‍दा पहिलो मानिसहरु आदम र हब्‍बा अनि उनीहरु पछिका कयिन, हाबिल, नोआ र बाबेलको अग्‍लो घरको बारेमा कुराहरु लेखिएका छन्‌।

अनि अध्‍याय १२-५० सम्‍म इस्राएलीहरुका कुरा, अब्राहाम र उसको विश्‍वास अनि उसको छोरा याकुबाबाट कसरी बाह्र कुल भए अनि कसरी मिश्रमा गए अनि कस्‍तो दुःख र सुखहरु भोगे भन्‍ने कुराहरु बताउदछ।

यो पुस्‍तकले साँच्‍चिकै परमेश्‍वरले स्‍वर्ग, पृथ्‍वी र मानिसहरु बनाउनु भएको हो भनि बताउदछ। अनि उहाँले बनाउनु भएका मानिसहरुले असल काम गर्दा आषिश दिदै र खराब काम गर्दा दण्‍ड दिदै भएपनि उहाँले उहाँका मानिसहरुलाई जस्‍तोसुकै पापीहरु भएपनि माया गर्नु भएको कुरा बताउदछ।

यो उत्‍पतिको पुस्‍तकमा धेरै कुराहरु लेखिएका छन्‌। तर यो हामीहरुले निकालेको उत्‍पतिको पुस्‍तकमा चाहीँ सबै कुरा उल्‍लेख गरिएको छैन। तर नयाँ करारको पुस्‍तक अध्‍ययन गर्दा तथा सुनेर बुझ्नको लागी आवश्‍यक कुराहरु मात्र उल्‍लेख गरिएका छन्‌। यो सबै उत्‍पतिको पुस्‍तक होइन। तर केही भाग मात्र हो। तपाईँले निशु:ल्क सुन्न तथा डाउनलोड समेत गर्न साक्नुहुन्छ, जुन यस प्रकार छन:

Thumbnail image
Video Player is loading.
Current Time 0:00
Duration 0:00
Loaded: 0%
Stream Type LIVE
Remaining Time 0:00
mp3 (best quality)
 
1x
  • Chapters
  • descriptions off, selected
  • subtitles off, selected

    Your encouragement is valuable to us

    Your stories help make websites like this possible.